logo trishakti

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र हङकङबिच खेल हुदैँ

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

युगाण्डामा भइरहेको वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग दिउँसाे पाैने १ बजे खेल्दैछ ।

शृङ्खलामा नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये चार खेलमा पराजित भएको छ ।

 

 हिजोको खेलमा नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो । यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो ।

 

प्रतियोगिता अन्तर्गत आजै युगान्डा र नामिबिया खेल्नेछन् । शीर्ष २ टोलीले पर्सि आइतवार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुङ्गो लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस