काठमाण्डौको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घटनाको मुख्य दोषी ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका हुन् ।
नेपाली कांग्रेसको हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सबै घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको छ । हिंसा भड्काउने र हिंसामा सामेल हुने सबैलाई कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन कांग्रेसले माग गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान