logo trishakti

माझठानाका पुर्व उप–प्रधानपञ्च तथा समाजसेवी टिकाराम लामिछानेको निधन

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्याकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ ।
पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहनुभएका लामिछानेको उपचारकै क्रममा चैत १६ गते बेलुकी साढे पाँच बजे निधन भएको हो । २००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स ९ हाल पोखरा महानगरपालिका वडा न २८ लामिछाने गाँउमा जन्मनुभएका लामिछाने राजनितीज्ञ तथा सामाजिक व्यक्तित्व रुपमा कास्की जिल्ला लगाएत त्यस क्षेत्रमा चर्चित रहनुभएको थियो ।  स्वर्गीय लामिछाने विगत केहि वर्षदेखि फोक्सो तथा पिसाव सम्वन्धी समस्याबाट ग्रसित रहनुभएको थियो । स्पष्ट वक्ता, कुशल सामाजिक व्यक्तित्व, उदार दिलका पर्याय लामिछाने विभिन्न समाजिक , राजनीतिक, धार्मिक तथा विकास निर्माण कार्यमा उदार दिलका साथ सदैव अग्रस्थानमा रहेर कार्य गर्नुेहुने थियो ।
२०४२ मा तत्कालिन माझठाना गाँउ पन्चायतको उप प्रधानपन्च रहिसक्नुभएका लामिछाने नेपाल रेडक्रस शोसाइटी माझठाना शाँखाको सभापति, माझठाना स्वाथ्य चौकीको अध्यक्ष,रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, साबिक माझठाना गाबिस नेपाली काग्रेसको सभापति,थाक खानेपानी उपभोक्त्ता समितिको सचिव,राखि मिजुरे सडक उपभोक्त्ता समितिको सचिव भएर काम गरिसक्नुभएका लामिछाने हाल नेपाली काग्रेसको क्रियासील सदस्यको रुपमा रहनुभएको थियो ।
आइतबार उहाँको पार्थिव शरीरमा नेपाली काग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछाने पुर्व मन्त्री तथा कास्की कांग्रेस पुर्व सभापति यज्ञ वहादुर थापा कास्की काग्रेसका निर्वतमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि विकास गुरुङ नेपाली कांग्रेस क्षेत्र नम्वर एकका सभापति राजेन्दमणि लामिछाने नेपाली काग्रेस क्षेत्र नम्वर एक प्रदेश ख का सभापति कृष्ण कोइराला पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष तथा नेपाली काग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य श्रीकृष्ण लामिछाने मादी गाँउपालिकाका अध्यक्ष देविजंग गुरुङ नेपाली काग्रेस पोखरा २८ का सभापति विश्वरमण अधिकारी नेपाली काग्रेस गण्डकी प्रदेश आमन्त्रीत सदस्य शिरोमणि बराल लगाएतले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । लामिछानेका एक श्रीमती, २ छोरा, ४ छोरी रहेका छन् । आजै उहाँको मादी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस