logo trishakti

तीनकुनेको प्रदशर्नका बेला संचारकर्मीमाथि भएको हमला विरूद्ध सरकारलाई ध्यानाकर्षण पत्र

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला संचारमाध्यम र संचारकर्मीमाथि भएको हमला विरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पु¥याइएका संचार गृहलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पु¥याइएका र हराएका संचार उपकरणको क्षतिपूर्ति तथा संचार गृह र संचारकर्र्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकार विरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ ।

ध्यानाकर्षण पत्रमा आगोेमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरि दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पु¥याइएका अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन रघाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस