काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सो कार्यक्रमका आयोजक समेतले उपस्थित समर्थक एवं भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी,फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाई, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरु रहेको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील/अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा
समेतमा तोडफोड, आगजनी गरी गराई अपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारी तथा पार्न लगाई पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटाई मानिसको ज्यानै लिने समेतका आपराधिक कार्यमा
संलग्न तपसिलमा उल्लेखित थप ६ जना प्रतिवादीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई निम्नानुसारको कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ३ (तीन)को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ ।
 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
                                एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
                                राष्ट्रपति पाैडेल कतार प्रस्थान