logo trishakti

केपी ओली कप टी २० क्रिकेट जारी : लुम्बिनीको पहिलो जित, हिमाल फे्रेन्स शीर्ष स्थानमा

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

पोखरा – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट
प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित
हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा
जारी प्रतियोगिताको समूह ।।।सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट
क्लब र हिमाल फ्रेन्ड्स बिच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १÷१ अंक
बाडे । दुवै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहेपनि नेट रनरेटको आधारमा
हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा
कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी
खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १२९ रनको
विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव
खनाल ४३ रनमा बोल्ड भए । उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रन्जित
खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ४५
बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हुसेन १३ रनमा नटआउट रहे
। उनले ९ बलमा २ चौका प्रहार गरे ।
प्रज्वल थापा शुन्यमै पेभिलियन फर्र्किए । सन्दिप राजाली १३, निश्चल चौधरी शुन्य,
तुलबहदुर थापा ७
मधेशका लागि प्रदिप पासवान र हरिशंकर शाहले २÷२ तथा पप्पु यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिब थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन
बनायो । प्रदिप पासवान १३ रनमा नटआउट रहे । भने अफु्रदीन रेन ११ रनमा नटआउट रहे ।
रुपेश सिंहले २८ रन बनाउँदै आउट भए । पप्पु यादव १७ रनमा आउट भए । ओपनर
हरिशंकर शाह १, रोहन विक १, विशाल सुस्लिब्ग ३, दिपेश दास ९, विशाल पटेल ६, अभिषेक कार्की ४
रनमा आउट भए । लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चदै सर्वाधि ३
विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १÷१
विकेट लिए ।
लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार व्यहोरेको
लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा
रहेको छ ।
बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ।।।सी’ को अन्तिम खेलहरु
हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश
प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस