logo trishakti

शिक्षकका माग सम्बोधन गर्न अर्थमन्त्रालयमा शिक्षामन्त्री

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

अान्दाेलनमन हाेमिएका शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् ।

शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालय पुगेकी हुन् । 

मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ ।

यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय माग अबको बजेटबाट समाधान गर्नेगरी गृहकार्य भरहेको बताएका थिए ।

शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस