logo trishakti

केपी ओलि कप टी २० क्रिकेट जारी, समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले
अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ।।।सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ
लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको
समूह ।।।सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले
हराएको छ ।
१०२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी
खेले उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दिप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का
प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रन्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा
आउट भए । कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवाष भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिब रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि सुवाष भण्डारीले २६
रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका
र १ छक्का प्रहार गरे । विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिए । नरेन्द्र सन्जाल र दिपेन्द्र यादव समान ५÷५
रनमा नटआउट रहे । ओपनर अदित्य विक्रम शाह र अरुण ऐरी शुन्यमै पेभिलियन फर्किए भने रविन्द्रजंग शाही १, हिमान्सु शाही ८,
राजप्रसाद शाह १ रनमा आउट भए ।
लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय कुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन
खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १÷१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित भए ।
दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेशलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिदासम्म मधेश ६४ रन बनाउँदा ४ विकेट गुमाएको
स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले
३० रनको योगदान दिएका थिए । उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का
प्रहार गरे । एक्युव अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिब ३ र दिपेश दास १ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर ब्याटिब थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६
रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा
नटआउट रहे । सन्जय बोहोराले २२ रनको योगदान दिए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर सुबोध ऐरी ८,
सुनम बुढाथोकी, दिपक रोकाया र अभिनाष बस्याल शुन्य, सन्दिप भण्डारी ५ तथा मनसुन सिंह ३ रनमा आउट भए । मधेशका लागि विशाल
सुस्लिबले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदिप पासवानले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच
दिपक रोकाया घोषित भए ।
हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ
दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश
अंकविहिन हुँदै बाहिरियो । प्रतियोगितामा यस अघि काठमाडौं, गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको
दशौं दिन भोलि समूह ।।।डी’ तर्फको सुन्दर हेरचाह आईसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र
होरिजोन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस