पोखरा  १९  घार्मी मैदानमा रहेको भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूहले सफाई अभियन्ता मानध्वज गुरुङलाई सम्मान गरेको छ।
समूहले आफ्नो छैठौ वार्षिक साधारण सभाको अवसर पारेर अभियान्ता गुरुङलाई सम्मान गरेको हो।  कार्यक्रममा प्रमुख अतिथि  पोखरा १९ का वडा सदस्य  विकास कुमार आचार्य, विशेष अतिथि कल्पना सुनार र संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले सफाई अभियान्ता गुरुङलाई सम्मान पत्र सहित सल ओढाएर सम्मान गर्नुभयो।सम्मान पछि कार्यक्रममा बोल्दै वडा सदस्य  विकास कुमार आचार्यले उमेरको उत्तरार्ध टेक्नुभएको ७८ वर्षीय बुवा मानध्वजले लगातार चार महिनासम्म निरन्तर आफू एक्लैले बाटो सफा गरि हामीलाई निस्वार्थ कर्मभावको सन्देश दिन भएको छ, हामी युवाहरु बुवाको सो कार्यले स्वयंमा जागरुक बनौ आफ्नो गाउँ टोल छिमेक स्वस्फूर्तरुपमा सफा राखौ भन्नुभयो ।सफाई अभियन्ता  गुरुङले आफू एकदिन घुम्दै आउने क्रममा बाटो झाङझाडिले ढाकेको देखेपछि आफूलाई नराम्रो लागेको र मनैदेखि लागेर कुनै स्वार्थ नराखि बाटो सफा गर्ने गरेको बताउनु भयो ।
गत वर्ष चार महिनासम्म नियमित खटेर अमलाविसौनी घार्मीअम्बरेश्वर सडक अन्तर्गत घार्मीको उकालो आफू एक्लैले  सफा गर्नु भएको मनध्वज गुरुङले यस वर्ष पनि स्वास्थ्यले साथ दिए जति सकिन्छ सफा गर्ने बताउनु भयो ।उहाँले सम्पूर्ण गाउँवासी एवम् सर्वसाधरणलाई यसै बसेर  समय फाल्नु भन्दा केही न केही  गरेर आफ्नो गाउँ ठाउँको बाटो घाटो सँधै सफा राख्न आग्रह गर्नुभयो । 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
                                एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
                                मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
                                राष्ट्रपति पाैडेल कतार प्रस्थान