logo trishakti

गण्डकी प्रदेशको ६ वटा सडक निर्माणकाे काम बजेट अभावका कारण स्थगित

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित ६ वटा सडक स्तरोन्नति योजना निर्माण  बजेट अभावका कारण स्थगित भएकाे  छ ।

 काम गरेको बिलको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले सडक निर्माण स्थगित गरेका हुन् ।

बेनी–पाखापानी सडक योजनाको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको काम रोकिएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेका अरू विभिन्न सडक र मोटरेबल पुल आयोजनाको लागि चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट सकिएको छ ।

दरवाङ–धारापानी–ताकम–मुना सडकका लागि विनियोजन भएको दुई करोड रुपैयाँ बजेट पनि गएको पुस महिनामै सकिएपछि बीचमै काम रोकिएको छ । गएको वर्ष बेनी–पाखापानी सडकमा चार करोड रुपैयाँ सकिएको छ ।

 

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले विनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताउनुभएकाे छ ।

यस्तै  म्याग्दीका सडक र पुलका पुरानो एउटासहित १० वटा बहुवर्षीय आयोजनामध्य ८ वटा निर्माणाधीन छन् । तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने बजेट नहुँदा सबै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस