सरकारद्वारा शिक्षकहरूलाइ कर्मथलोमा फर्किन आग्रह, माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने शिक्षकहरूकाे चेतावनी
                    नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ ।
यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् ।
यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
                                एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
                                मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
                                राष्ट्रपति पाैडेल कतार प्रस्थान