टस जितेर गण्डकी र काठमाडौं १० रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन ।
पोखरा ४ वैशाख – सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप
टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् ।
मदन भण्डारीस्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो
सेमीफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिब चलिरहँदा वर्षा
भएपछि टस गराइएको थियो ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्सक्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो । ५८
रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा
समेटियो ।
ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे ।
आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । आसिषले ३ बलमा २ छक्का प्रहार
गरे । अभिनाष सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे । दिपक रोकाया
४ रनमा आउट भए । काठमाडौंका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट
लिदाँ युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिबको निम्तो पाएको काठमाडौंले ५ ओभरमा १ विकेट रिटार्यड आउट
हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए । उनले
१७ बलमा ३ चौका प्रहार गरे । अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले
५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दिपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे ।
दोस्रो सेमीफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी
खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिबको निम्तो पाएको अत्तरियाले १३.३
ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो
।
अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसंगै
क्रिज पुगेका दोस्रो ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका
थिए । विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउट
भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे । निश्चल
क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन विक शुन्यमा नटआउट रहे ।
गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिदैँ ३ विकेट लिए । नारायण जोशीले १ विकेट लिएका थिए
। चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौंले उपाधिका लागि
भोलि भिड्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु