यात्रुवाहक बस रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सोमबार भएको दुर्घटनामा काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसमा सवार १९ जना यात्रु घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।
घाइतेमध्ये सहकारी अस्पताल हेटौँडामा ९ जना र वयोधा अस्पताल वीरगन्जमा १० जनाको उपचार प्रहरीको भनाइ छ ।
बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकलाई यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करपछि अनियन्त्रित भई बस सडक भन्दा ५ मिटर तल खसेको जनाइएको छ । दुर्घटनाग्रस्त बस र बस चालक चितवन राप्ती नगरपालिका ३ का तिलक बहादुर थापा मगर इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
राष्ट्रपति पाैडेल कतार प्रस्थान