भोलिदेखि सामुदायिक विद्यालय खुल्ने, एसईईको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन गर्ने तयारी
आन्दोलनरत शिक्षक र सरकाबीच सहमति भएसँगै भोलिदेखि सामुदायिक विद्यालय खुल्ने भएका छन् । सहमतिमा भएको प्रतिबद्धतानुसार भोलिदेखि देशभरका सामुदायिक विद्यालय नियमित रूपमा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी उप–सचिव नीलकण्ठ ढकालले बताउनुभयो ।
यो वर्षको भर्ना अभियान वैशाख २ गतेदेखि गर्ने भनेर सबै पालिका र विद्यालयमा परिपत्र भएको थियो । तर दुई हप्ते भर्ना अभियानको समय विद्यालय बन्द भएरै सकिएको छ । त्यसैले अब भर्ना अभियान, पुस्तक वितरण र पढाइ सँगसँगै अघि बढाउने तयारी रहेको उपसचिव ढकालले बताउनुभयो । उहाँका अनुसार यही बीचमा घरदैलो कार्यक्रमसमेत गरेर छुटेका विद्यार्थीहरूलाई विद्यालय ल्याउन पहल गर्ने गरी शिक्षकबाट प्रतिबद्धता आएको छ ।
सरकारसँगको सम्झौतासँगै चैत २० गतेदेखि काठमाण्डौमा भेला भएका शिक्षकहरू फर्किन थालेका छन् ।
अब एसईईको उत्तरपुस्तिका परीक्षण पनि शुरू हुने र सकेसम्म तोकिएको समयमै नतिजा प्रकाशन गर्ने प्रयास रहने ढकालले बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
राष्ट्रपति पाैडेल कतार प्रस्थान