logo trishakti

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, अष्ट्रेलियाबाट समेत सहयोग

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

वैशाख १८, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ ।
यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पोखरा न्यूरोड हाल अष्ट्रेलिया निवासी सुजन कुमार सिल्पकारले २० हजार सहयोग गर्ने भएको हुन् । सिल्पकार अन्तर्राष्ट्रिस्तरका बडी बिल्डर हुन् । आई.सि.एन. बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन भइसकेको छन् भने अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेका छन् ।

यसअघि अवार्डलाई सफल बनाउन अमेरिकाबाट समेत सहयोग आइसकेको छ । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस