पोखरा, २० वैशाख ।
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आज शनिबार पनि दुई खेल भैरहेकाे छ । समूह चरणको अन्तिम यी दुई खेलहरुबाट सेमिफाइनल समिकरण पूरा हुनेछ ।
आयोजक लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालका अनुसार पहिलो खेल गण्डकी भलिबल टीम र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबबीच भैरहेकाे छ ।
एपीएफ पहिलो खेलमा ईरानी टोलीसँग ३–१ सेटले पराजित भएको थियो । गण्डकीलाई पनि ईरानी टोलीले नै ३–१ सेटले हराएको थियो । यी दुवै टीमलाई हराएका ईरानी टोली लगातार दोस्रो जीतसँगै समूह ए बाट अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ ।
दोस्रो खेल विभागीय टीमहरू त्रिभुवन आर्मी र नेपाल पुलिस क्बलबीच हुँदैछ । दिउँसो २ः३० बजे समूह बी अन्तर्गत समूहचरणको अन्तिम खेलमा दुई टोली सेमिफाइनल स्थान सुरक्षित गर्नका लागि खेल्न लागेका हुन् ।
यसअघि, भारतीय टोलीसँग आर्मी ३–१ सेटल पराजित हुँदा कुनै अंक जोड्न सकेको छैन । पुलिसले भने भारतीय टोलीलाई सोझो सेटमा हराएको थियो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिता हेर्नका लागि आजको टिकट दर ३ सय नै कायम गरिएको छ । भोलि आइतबार सेमिफाइनलका खेल हेर्न ४ सय र सोमबार फाइनल खेल हेर्न ५ सय टिकटदर कायम गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु