logo trishakti

हित्सात्मक प्रदर्शनको दाेषी भन्दै पूर्वराजालाई गिरफ्तार गर्न माओवादी सांसदको माग

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

 नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए ।

राष्ट्रिय सभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए ।

 ‘चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

 

प्रतिक्रिया दिनुहोस