प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एअरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एअरको पर्वतीय उडानको विमान डाइभर्ट भएको उहाँले जानकारी दिनुभयो ।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एअरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् ।
काठमाण्डाै उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाण्डाै आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
राष्ट्रपति पाैडेल कतार प्रस्थान