पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि हरेक वर्ष नगरभित्रका सबै बालबालिकाले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
मेयर आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु