logo tiger cup

नेपाल भूतपूर्व खेलाडी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्की बीच सम्झौता

News Logoपरिचित खबर 8 महिना अगाडि
87 2 minutes read

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र
जिल्ला खेलकुद विकास समिति कास्की बीच एक सम्झौता सम्पन्न भएको छ ।

रजत वर्ष महोत्सवमा रहेको मञ्च जसले पोखरा रंगशालाको पर्खाल निर्माण गरी
संरक्षण अभियानमा महत्वपूर्ण योगदान दिएको बताउँदै रजत वर्ष भर पोखरा
रंगशालामा मञ्चले आयोजना गर्ने विभिन्न खेलकुद गतिविधिका लागि जिल्ला
खेलकुद विकास समितिले सहकार्यका लागि सम्झौता भएको हो ।

पोखरा रंगशालामा मंगलबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति
कास्कीका अध्यक्ष मिलन गुरूब र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर
गुरूबले हस्ताक्षर गरेका छन् ।

विभिन्न जिल्ला खेलकुद संघहरुको अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थितीमा
सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष मिलन गुरूबले नेपाल भूतपूर्व खेलाडी
मञ्च संग सहकार्य गर्न पाउनु सबैका लागि गौरवको विषय रहेको बताउँदै उनले
आगामी दिनमा हुने सहकार्यले पोखरा रंगशाला व्यवस्थित गर्न समेत उत्तिकै
महत्वपूर्ण हुने बताए । उनले भने–“यहाँहरुकै नेतृत्वमा पोखरा रंगशाला
संरक्षण भएको हो । आगामी दिनमा यसलाई व्यवस्थित बनाउन यहाँहरुको भूमिका
रहनेमा विश्वस्त छु ।”

सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष दिल बहादुर गुरूबले जिल्ला खेलकुद विकास
समितिका अध्यक्ष एवं पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै यो सम्झौताले
मासिक रुपमा हुँदै आएको दौड लगायत अन्य कार्यक्रमहरु सम्पन्न गर्न
महत्वपूर्ण हुने बताए । उनले भने–“हामी रजत वर्ष महोत्सवमा छौं । १२
महिना १२ कार्यक्रम घोषणा गरेका छौं । खेलाडी सम्मान कार्यक्रम समेत
रहेको छ । यि सबै कार्यक्रममा जिल्ला खेलकुदको समेत सहकार्य हुनु हाम्रा लागि
महत्वपूर्ण हुनेछ ।”

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एवं प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिब तेज
बहादुर गुरूब, गण्डकी फेन्सिब संघका अध्यक्ष विजय शाहीले नेपाली अग्रज
खेलाडीहरुको संस्था संग जिल्ला खेलकुदले सहकार्य गर्नु सबैका लागि खुसीको
विषय रहेको बताए ।

मञ्चले हरेक महिना गर्दै आएको मासिक दौड अभियानको रुपमा अघि बढेको
बताउँदै सो दौड अभियानलाई महानगरको ३३ वटै वडामा पुर्याउने संगै
समाजका विभिन्न अङ्गका लाई दौडमा सहभागिता जनाई पोखरामा दौड संस्कृतिको
विकास गर्ने उद्धेश्य रहेको मञ्चले जनाएको छ । यस जेठ महिनाको दौड वैशाख १७
गते पोखरा रंगशालामा आयोजना हुने मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद
पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस