logo trishakti

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

 वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ ।

आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

भोटो जात्रालाई झन्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस