पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको अध्यक्ष माधव कुमार नेपालको दाबी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा हिजो भएको कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै कानूनी उपचारका लागि छिट्टै प्रक्रिया शुरु गर्ने बताउनुभयो ।
मन्त्रिपरिषदलाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम नागरिकको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको उहाँको दाबी छ ।
उहाँले न्यायका लागि कानूनी उपचारमा जान कानूनविदसँग परामर्श भइरहेको पनि बताउनुभयो ।
यस्तै नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु