logo trishakti

देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव,मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

News Logoपरिचित खबर 4 महिना अगाडि
87 2 minutes read

 अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । दार्चुला, अछाम, बैतडी, डडेलधुरा, कञ्चनपुर, डोटी, बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायतका जिल्लामा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ ।

देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाकोसम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस