logo tiger cup

१४ औं पोखरा महोत्सव पुस २९ देखि

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

युनाइटेड क्लब पोखराको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव यहि पुस २९ गतेदेखि सुरु हुने भएको छ ।

पोखराको अमरसिंह मा.विको खेल मैदानमा हुने महोत्सव १३ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य आर्कषणमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने महाेत्सव प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारले बताए ।

चौधौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा सिटीजन फर्निचर रहेकाे छ।

महोत्सवमा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, पक्राश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल , घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ भने लाईभ ब्याण्ड कन्सर्ट तर्फ पूर्ण राई, डी मर्चा, लेकाली , जेम्सी, सबिन राई, भिटेन, लाहुरे, टुकी सँगै स्थानीय ब्यान्डहरुको पनि प्रस्तुति रहने छ ।

महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निःशुल्क प्रवेश गरेकाे पनि आयोजकले जचनकारी दिएकाे छ । 

सय ५० स्टल रहने महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । जसमा कुल आम्दानी १,५१,७५,०००, खर्च १,२३,६०,००० गरि कुल बचत २८,१५,००० रहने अनुमान गरेका पनि संयाेजक सुनारले बताए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय
तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटनप्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरु को जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

 

प्रतिक्रिया दिनुहोस