logo tiger cup

नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको दुर्गा प्रसाईंद्वारा आरोप

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

 राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले  जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी समूहका सक्कली जेनजीलाई रुवाएर सरकार चुनावमा जान नसक्ने उनको भनाइ छ ।

नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले भने, ‘११ सयभन्दा बढी जेनजी जेलमा छन् । केही नक्कली जेनजीलाई साथ लिएर सरकार वास्तविक जेनजी रुवाएर अघि बढिरहेको छ । जेनजी रुवाएर २१ फागुनमा चुनाव सम्भव छैन ।’

वार्तामा प्रसाईंसँगै केही जेनजीका प्रतिनिधि पनि सहभागी थिए । उनीहरूले आफ्ना ११ सयभन्दा बढी साथी विभिन्न अभियोगमा थुनामा रहेको भन्दै तत्काल रिहाइको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस