logo tiger cup

हेमजामा तेस्रो माघे सक्रान्ति मेला शुरु

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

पोखरा । धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।

हेमजाको फुर्केटारी चोकमा भएको उक्त मेला माघ ५ गते सम्म चल्ने छ । मेला शुभारम्भ अगाडि फुर्केटारी चोकमा निकालिएको झाँकी सहितको ¥याली हेमजा फाट प्रगतिचोक, मिलनचोक हुदै पुन मेला स्थालमा पुगेको थियो ।

मेलामा शुक्रबार देखि स्वं दिल बहादुर शेरपुञ्जा स्मृतिमा खुल्ला पुरुष, महिला तथा प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता हुने धौलागिरी युवा क्लबका अध्यक्ष तुलबहादुर रोका मगरले जानकारी दिए ।

प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले नगद ६१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला भलिबल तर्फ प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेले खसी र द्धितीय हुनेले २ वटा भाले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । मेलामा घैटो फुटाउने, लठो तान्ने, छेलो हान्ने, भाले छुने र कर्ची घुमाई प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा विजयी हुनेले नगद र प्रमाण पत्र पाउने छन् । मेलामा विविध साँस्कृति कार्यक्रम समेत रहेको छ ।

शुक्रबार देखि हुने महिला भलिबल तर्फ पहिलो खेल विहान ९ वजे धौलागिरी युवा क्लब रातो र शान्त भलिबल ट्रे सेन्टर बीच हुने छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. २५ का कार्यवहाक अध्यक्ष शुवास भण्डारीले आफ्नो संस्कृति र परम्परा जोगाउनका लागि सवै एकिकृत भएर लाग्न आग्रह गरे ।

‘तपाईहरु जहाँ बाट आउनुभयो त्यो सँगै आफ्नो संस्कृति र परम्परा बोकेर आउनुभएको छ’ उनले भने, ‘अव हेमजा पनि विभिन्न जात जातिका संस्कृतिले धनि भएको छ, यसको जर्गेन गर्नु हामी सबैको दायित्व हो ।’ उनले वडाको तर्फ बाट यहाँ वस्ने सबैलाई समभाव दृष्टिकोण राखेर अगाडि बढेको उल्लेख गरे ।

सुन्दरपुरी टोल विकास संस्थाका अध्यक्ष राम बहादुर पुनले मेलाले मगरहरुको परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने काम गरेको बताए ।

कार्यक्रमा नेपाल मगर साँस्कृति संघ समन्वय समिति कास्कीकी अध्यक्ष दिल कुमारी फगामी मगर, सह कोषाध्यक्ष ललिता पुन, सदस्य विकास फगामी, झलक राना मगर, धौलागिरी आम समूहकी अध्यक्ष प्रमे कुमारी चोचाङ पुन लागयतले बोलेका थिए ।

धौलागिरी हेमजा मगर समाजका अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तम बहादुर रोक मगरले स्वागत र सचिव चुडामणि घर्तिमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस