माघी मेला २०८२ अन्तर्गत सिक्लेसमा छेलो प्रतियोगिता सम्पन्न, पर्वतका मिलन सुनार प्रथम
माघी मेला २०८२ को अवसरमा कास्की जिल्लाको सिक्लेसमा आयोजित छेलो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
माघी संस्कृतिको पावन अवसरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको छेलो खेल प्रतियोगिता श्री सभा युला सभाथर परिवार को आयोजनामा सम्पन्न भएको हो। गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनार ले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। प्रथम हुने सुनारले रु. ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, रोहित सुनार ले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। दोस्रालाई रु. ४० हजार नगद पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि सु. रत्न खोज गुरुङ, अध्यक्ष क्या.जै बहादुर गुरुङ तथा सचिव श्री दिनेश गुरुङको उपस्थितिमा प्रमाण–पत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै