पोखरा ,मघ १२
फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्बाचनमा ने क पा एमाले कास्की क्षेत्र न दुई का उम्मेदवार रश्मि आचार्यले भाबी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासंग सुझाव मागेका छन ।
सोमबार सामाजिक संजाल फेसबूक मार्फत आचार्यले कास्की क्षेत्र नं २ निवासी मतदातालाई वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, हामीले निर्माण गर्दै गरेको प्रतिबद्धता पत्रमा समावेश गर्नु पर्ने मुद्दाहरु लगातय स्थानिय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने छौं। उनले प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर समेत सुझाव दिन वा डिजिटल माध्यमबाट समेत सुझाव दिन आग्रह गरेका छन।
उम्मेदवार आचार्यले भेटघाट तथा छलफल गर्ने योजनाका साथ कास्की दुई का ११ वटा अन्तर्गत सोमबार विहान पोखरा महानगरपालिका वडा नं ४ बाट चुनावी अभियान अन्तर्गतको पहिलो चरणको भेटघाट तथा छलफल प्रारम्भ गरेको उल्लेख गरेका छन ।
उनले तपाईहरु सँग भेटघाट तथा छलफल गर्ने योजनाका साथ हाम्रा ११ वटा वडाका विभिन्न आज विहान वडा नं ४ बाट चुनावी अभियान अन्तर्गतको पहिलो चरणको भेटघाट तथा छलफल प्रारम्भ गर्दै छु। छलफलको क्रममा हामीले वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, हामीले निर्माण गर्दै गरेको प्रतिबद्धता पत्रमा समावेश गर्नु पर्ने मुद्दाहरु लगातय स्थानिय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने छौं। तपाईहरुले हामीलाई प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर समेत सुझाव दिन सक्नु हुनेछ। यसका लागि मेल: rashmi.pkr037@gmail.com ह्वाट्स एप: 9851132911 सम्पर्क फोन: 9856069000 वा यसैको Facebook Messenger मार्फत् समेत आफ्ना धारणा, अभिमत र सुझाव दिनु हुन अनुरोध गर्दछु।
उल्लेख गरेका छन।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै