logo tiger cup

७७ वटै जिल्लामा निर्वाचनलाई लक्षित गरी आचारसंहिता अनुगमन अधिकृत तोकियाे

News Logoपरिचित खबर 4 हप्ता अगाडि
87 2 minutes read

पोखरा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। आयोगले प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी दिएको हो। 

आयोगको माघ १० गते बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई यो जिम्मेवारी सुम्पिने निर्णय गरेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन्। तोकिएका अधिकृतहरूलाई आफ्नो जिल्लाभित्र आचारसंहिता उल्लंघन भएमा अनुगमन गर्ने र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने अधिकार दिइएको आयोगले जनाएको छ। 

 फागुन २१ को निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन स्थानीय स्तरमै अनुगमन संयन्त्र बलियो बनाइएको जोशीले बताए। ‘आचारसंहिता कार्यान्वयनको अनुगमन र कारबाहीको अधिकार अब सम्बन्धित जिल्लालाई नै दिइएको छ,’ जोशीले भने। निर्वाचनका क्रममा हुने अनावश्यक खर्च र आचारसंहिता विपरीतका गतिविधि रोक्न यो व्यवस्था प्रभावकारी हुने आयोगको विश्वास छ।

प्रतिक्रिया दिनुहोस