logo tiger cup

वैदेशिक राेजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ४ महिलासहित ५ जना पक्राउ

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

 आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डौको कीर्तिपुर नगरपालिका–२ घर भई ललितपुरको धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन, बागलुङको काठेखोला गाउँपालिका–२ घर भई काठमाण्डौको चन्द्रागिरि बस्ने ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने ३१ वर्षीय सन्तोष राई, काभ्रेको चौँरीदेउराली नगरपालिका–९ घर भई काठमाण्डौको बूढानीलकण्ठ बस्ने ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।

विना र विन्दाले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १० लाख, कोपिलाले बेलायत पठाइदिने भन्दै एक जनाबाट १३ लाख, सन्तोषले कम्बोडिया पठाइदिने भन्दै एक जनाबाट तीन लाख ७० हजार र कुमारीले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस