रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ। जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार घाइतेको संख्या भने ८ पुगेको छ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको यात्रुवहाक बस आज रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित