प्रधानमन्त्री कार्कीलाई नेपाली कांग्रेसका सांसदद्वारा राष्ट्रिय जिम्मेवारी महसुस गरेर काम गर्न आग्रह
नेपाली कांग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महसुस गरेर काम गर्न आग्रह गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरे ।
सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उनले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टि जनाए ।
मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उनको आरोप छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै