logo tiger cup

युट्युब सेवा केही समयका लागि अवरुद्ध हुदैँ

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख ८८ हजारभन्दा धेरै प्रयोगकर्ताले गुनासो टिपाएका छन् ।

डाउन डिटेक्टरका अनुसार समस्या अमेरिकी समय अनुसार हिजो बेलुकी ५ बजेदेखि शुरू भएको थियो र छोटो समयमै तीव्र रूपमा बढेको थियो । सबैभन्दा बढी असर न्युयोर्क, वासिङ्टन डी.सी., लस एन्जलस र सान फ्रान्सिस्को जस्ता ठूला शहरमा देखिएको थियो । 

युट्युबले आफ्नो सपोर्ट पेजमार्फत् जानकारी दिँदै सिफारिस प्रणालीमा आएको समस्याका कारण होमपेज, एप, युट्युब म्युजिक र युट्युब किड्समा भिडियो नदेखिएको जनाएको छ । कम्पनीका अनुसार होमपेज पुनः सञ्चालनमा आइसकेको छ भने पूर्ण समाधानका लागि पनि निरन्तर काम भैरहेको छ । नेपालसहित भारतमा आंशिक रुपमा चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस