logo tiger cup

सुनको भाउ आज एकैदिन ५ हजार ६०० रुपैयाँले बृद्धि

News Logoपरिचित खबर 3 दिन अगाडि
87 2 minutes read

 आज आइतवार सुनचाँदीको भाउमा बृद्धि भएकाे छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनकाे भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस