logo tiger cup

नक्कली छाप र हस्ताक्षरका कारण पोर्चुगलमा लगभग २ हजारभन्दा बढी नेपाली समस्यामा

News Logoपरिचित खबर 3 दिन अगाडि
87 2 minutes read

नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् ।

यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो प्रमाणपत्र सक्कली भएपनि त्यसमा प्रयोग भएको दुई देशको छाप र सरकारी अधिकारीको हस्ताक्षर नक्कली भएको दावी गरेका छन् ।

उजुरीमा कतिपययले आफुले प्रहरी प्रमाणपत्र प्रमाणीकरणका लागि काम लगाएको व्यक्तिको नाम नै किटान गरेर उजुरी दिएका छन् । भारतको दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर भएका प्रहरी रिपोर्टहरु नक्कली भएका हुन् ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार इमेलबाट र कार्यालयमै उपस्थित भएर उजुरी गर्ने नेपालीहरुको संख्या दिनहुँ बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस