मुलुकलाई संकटबाट जोगाउन र खस्कँदो अवस्थालाई सम्हाल्ने जिम्मा अब एमालेको : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई संकटबाट जोगाउन र खस्कँदो अवस्थालाई सम्हाल्न सक्ने एक मात्र शक्ति एमाले भएको दाबी गरेका छन्। आफ्नो गृह जिल्ला झापाको दमकमा सोमबार आयोजित 'नेशनल युथ भोलेन्टियर्स' को कोशी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि एमालेले नै देशको नेतृत्व सम्हाल्ने उद्घोष गरेका हुन् ।
शमा बढ्दो अराजकता, तोडफोड र सामाजिक सहिष्णुता विथोल्ने प्रयास भइरहेको भन्दै उनले यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने विश्वास व्यक्त गरे। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओलीले एमालेको पहिलो प्राथमिकता सत्ता नभई देश रहेको स्पष्ट पारे।
‘एमाले भन्छ, अरू सबै कुरा पछि, देश पहिले,’ भन्दै उनले शान्तिपूर्ण राजनीति र स्थायित्वका लागि एमालेको जित अनिवार्य रहेको तर्क गरे। नागरिकलाई भ्रमित पारेर वा विध्वंस मच्चाएर निर्वाचन जित्ने सपना नदेख्न चेतावनी दिँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा ठोस काम गर्ने पार्टी कुन हो भन्ने कुरा नेपाली जनताले चिनिसकेको उल्लेख गरे।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै