logo tiger cup

रास्वपा का वरिष्ठ नेता बालेन्द्र शाहकाे चुनावी वाचापत्र सार्वजनिक

News Logoपरिचित खबर 2 दिन अगाडि
87 2 minutes read

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी वाचापत्र सार्वजनिक गरेका  छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा झापा–५ बाट उम्मेदवार शाहले दमकको सभागृह र भ्यु टावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइने लगायतका वाचा गरेका छन् ।

त्यस्तै दमक–रवि–चिसापानी सडक सम्पन्न गरी सञ्चालनमा ल्याउने, आदिवासी जनजाति संस्कृति र इतिहास झल्किने आदिवासी जनजाति रङ्गशाला निर्माण गर्ने, दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने लगायत वाचा शाहले गरेका छन् ।

भूमि व्यवस्थापन गर्न सय दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने वाचापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस