logo tiger cup

निर्वाचनका लागि चीनद्वारा ४० मिलियन डलर बराबरको अनुदान

News Logoपरिचित खबर एक दिन अगाडि
87 2 minutes read

चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० मिलियन अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

अनुदानस्वरूप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस