५४ औं विश्व वातावरण दिवस अवसरको प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाइ रु. २५ हजार
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ५४ औं विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरूका लागि बिरुवा रोप्ने विशेष प्रयोगात्मक प्रतियोगिताको घोषणा गरे । पोखरालाई हरित र स्वच्छ बनाउने अभियानअन्तर्गत महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै उनले यस्तो आह्वान गरेका हुन् । यस प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगद पुरस्कार र विद्यालयले प्रशंसापत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले आगामी ३० जेठसम्म आआफ्नो विद्यालय परिसरमा कम्तीमा २ वटा बिरुवा रोप्नुपर्नेछ । बिरुवा रोप्दै गरेको प्रक्रिया समेटिएको २ वटा फोटो र अधिकतम १ मिनेटको भिडियो खिचेर पठाउनुपर्ने नियम महानगरले तय गरेको छ । विद्यार्थीले आफूले रोपेको बिरुवाको नाम र त्यसको उपयोगिताका बारेमा २ वाक्यमा खुलाएर पठाउनुपर्ने आचार्यले बताए ।
यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यसैगरी दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने मेयर आचार्यले जानकारी दिए । ‘सबै विद्यार्थीहरूको सक्रिय सहभागिताले पोखरालाई हरित र स्वच्छ बनाउने अभियानमा बल पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित