मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा मोरक्कोका गोलकिपर नायक बन्दा टोलीले अविश्वसनीय जित निकाल्यो।
खेलको ७२ औं मिनेटमा कोडी गाक्पो ले उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई १–० को अग्रता दिलाएका थिए। खेल सकिनै लाग्दा इन्जुरी समयको सुरूवाती समयमा मोरक्कोका इसा डियोपले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए पछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियाे।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित