logo go bungy

यी प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना

News Logoपरिचित खबर 3 हप्ता अगाडि
87 2 minutes read

शका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहँदा भारी वर्षाको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस