logo go bungy

पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा मनोहरि पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा मनोहरि पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । संघको ७२ औँ वार्षिक साधारणसभा तथा ३६ औँ महाधिवेशनका लागि उनले खुला सदस्य पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । व्यवसायीहरूको छाता संस्थाको नयाँ नेतृत्व चयनका लागि आगामी २० र २१ भदौमा मतदान हुँदैछ ।

पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संघको संस्थागत विकासमा सक्रिय रहने अठोट गरेका छन् । निर्वाचित भएपछि उद्योगी र व्यवसायीको हकहित संरक्षणका लागि आफू दत्तचित्त भएर लाग्ने उनले बताए । ‘व्यवसायमैत्री वातावरण निर्माण र निजी क्षेत्रका मुद्दालाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने । आफूले संघभित्र आर्जन गरेको अनुभवलाई व्यवसायीकै हितमा लगाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस