logo go bungy

अबिरल वर्षाका कारण आएको बाढी पहिराले कास्कीका विभिन्न क्षेत्रमा क्षति,२ वटा फलामे पुल बगायाे

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

बिहीबार रातिदेखि परेका पानीले अन्नपूर्ण र मादी गाउँपालिकाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदीखोलाको बीचमा रहेको मन्दिरमा बाढीका कारण फसेका ३ जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । साउन २९ गते बिहान २ बजेतिर आएको बाढीले माता अन्नपूर्ण मन्दिर जाने दुवैतर्फका २ वटा फलामे पुल बगाएपछि उनीहरु मन्दिरमै थुनिएका थिए ।

अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँपुल–वीरेठाटी सडक खण्डमा रहेको उक्त मन्दिरको आधा भाग समेत खोलाले बगाएको छ । मन्दिरमा पुजारी र भक्तजन फसेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको टोली परिचालन भएको थियो । उक्त टोलीमा रोप रेस्क्यु र गोताखोरहरु समेत सामेल थिए ।


नेपाल प्रहरीको तर्फबाट वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोली घटनास्थल पुगेको थियो । बिहान ५ बजेर १५ मिनेटदेखि डोरीको सहायताले उद्धार कार्य सुरु गरिएको थियो । सशस्त्र प्रहरी जवानहरु देवराज खनाल र सन्तोष बाँनिया डोरीको सहायताले ज्यान जोखिममा पारेर खोला पारि गएका थिए । उनीहरुले डोरी बाँधेपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्रबहादुर गुरुङ र जवान जनक बुढा थप मद्दतका लागि पारि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस