logo trishakti

एन.भि.ए.राष्ट्रिय भलिबल क्लब लिगमा सहभागि हुने गण्डकीको टोलीको बिदाई

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

पोखरा । सातौं प्रधानमन्त्री कप–एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सहभागि हुन जाने टोलीलाई शुक्रबार एक कार्यक्रमका विच बिदाई गरिएको छ ।

यहि असार २३ गते देखि ३० गते सम्म काठमाण्डौमा आयोजना हुने उक्त प्रतियोगितामा गण्डकीको महिला तथा पुरुष टिमले सहभागिता जनाउने भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले बिदाई गरेका थिए ।

खेलाडीहरुलाई मन्त्री सिंखडाले अक्षता र दुवोसहित फूल दिएर जितको शुभकामना दिंदै बिदाई गरेकी थिइन् । खेलकूदमा दहि र अविरमा मुछिएको अक्षता तथा दुवो दिएर पहिलो पटक बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले भलिबल खेलाडीहरुलाई विजयी हुन शुभकामना दिंदै खेल जिवनको प्रगतीको कामना समेत गरिन् । उनले खेलकुदको समग्र विकासका लागि मन्त्रालयले ध्यान पु¥याउने जनाउँदै समृद्धि प्राप्तीका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव अधिकारी, परिषदका सदस्य सचिव शर्मालगायतले समेत खेलाडीहरुलाई शुभकामना दिंदै बिदाई गरेका थिए ।

महिला टिम
अरुणा शाही (कप्तान), पवित्रा सिर्पाली, मनिषा तिलिजा, रेबिना घर्ती मगर, हिरा बुढा, सस्मिता पुन, सजिना बुढाथोकी, सोइङ थापा, लक्ष्मी राना, एलिशा रोका मगर, रोमा महतो र पुजा सेन ठकुरी रहेका छन् ।

महिला टिमको कुख्य प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा किरण गुरै र व्यवस्थापकमा कमला श्रीस मगर रहेका छन् ।

पुरुष टिम
खोम प्रसाद ‘हरि’ पाण्डे (कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, जोशे इविन रहेका छन् ।

यसै गरी टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जीवन भण्डारी र टिम व्यवस्थापकमा कुन्जन शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस