logo go bungy

१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल

News Logoपरिचित खबर एक घण्टा अगाडि
87 2 minutes read

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा गण्डकी प्रदेश समितिको बुधबार पोखरामा सम्पन्न ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट संगीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

समितिको अध्यक्ष पदका लागि संगीता पौडेल र कमला गिरीको बिचमा प्रतिष्पर्धामा पौडेल विजयी भएकी हुन् । पौडेलले ४४ मतले गिरीलाई पछाडी पारिन। पौडेलले ९३ मत पाएकोमा गिरीले ४९ मत ल्याईन् । प्रथम उपाध्यक्षमा चेतबहादुर कार्की र राजेश पहारीबीच प्रतिस्पर्धा भएकोमा पहारी बिजयी भए । पहारीले ८० मत पाउँदा कार्कीले ६६ मत मात्र पाएका थिए । कार्की यस अगाडीको समितिमा महासचिबको जिम्मेवारीमा थिए। द्वितिय उपाध्यक्षमा भने विश्वराज आचार्य निर्बिरोध निर्बाचित भए ।

महासचिव पदमा ताराप्रसाद गौतमले ८५ मत पाएर विजय भए । उनका प्रतिद्वन्दी नवराज भण्डारीले ५९ मत मात्र पाए । सचिवमा प्रतीक लामिछाने र सुवास पहारीबिचको प्रतिष्पर्धामा सुभाष पहारीले ८४ मत पाएर चुनाब जित्दा प्रतिक लामिछानेले ६२ मतमात्र पाए ।

प्रतिक्रिया दिनुहोस