logo go bungy

प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा

News Logoपरिचित खबर एक घण्टा अगाडि
87 2 minutes read

 प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानु भएको छ ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत प्रभावित क्षेत्रतर्फ पुग्नु भएको छ । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ गएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले हिजै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल जानकारी लिने प्रधानमन्त्री सहितको टोलिको योजना छ । 

प्रतिक्रिया दिनुहोस