राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा आज भएको पहिलो खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
एपिएफले खेलको पहिलो सेट २५–९, दोस्रो सेट २५–१२ र खेलको तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पा¥यो ।
यस जितसँगै एपिएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै दुई खेलमा छ अङ्क जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ ।
एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ । –––
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान