राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य राजेश गुरुङकाे संयाेजकत्वमा बन्द प्रशिक्षणको लागि पोखरा आएका ४ राष्ट्रिय टाेलीकाे पाेखरा रंगशालामा एक कार्यक्रम गरी स्वागत गरेकाे छ।
पोखरामा बिहिबार १९ औ एशियाली खेलकुदमा सहभागी हुन बन्द प्रशिक्षणको लागि पोखरा आएका खेलाडी स्वागत कार्यक्रममा आफ्नाे भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले खेलको माध्यबाट देशको लागि पदक ल्याउने खेलाडीहरुलाई राज्यले उचित सम्मान गर्नु पर्ने बताउदै खेलाडीहरुलाई हौसला दिन नेपाल सरकारले घडेरी उपलब्ध गराउँदा खेलाडीको मनोबल बढ्ने बताएका हुन ।
उनले पोखरा बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई स्वागत एवं शुभकामना दिदै प्रशिक्षणको समयमवधी भरी कुनै गाह्रो अप्ठयारो परे व्याक्तिगत र संस्थागत सहयोग गर्न तयार रहेकाे बताए।गुरुङले खेलाडीहरुलाई खेलकाे प्रशिक्षण मात्र नभई समय समयमा रिफ्रेसमेन्टका कार्यक्रममा सहभागी गराउने जनाएका छन ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले उच्च मनोबलका साथ खेल खेल्न खेलाडीलाई सुझाएका छन । पोखरामा बन्द प्रशिक्षणका क्रममा कुनै किसिमको समस्या भए प्रदेश खेलकुद परिषद गण्डकी सहयोग गर्न तयार रहेको बताए ।
चीनमा हुन गईरहेको १९ औ एशियाली खेलकुदमा सहभागी हुन ह्याण्डबल महिला,भारोत्तोलन,आर्चरी र रग्बी खेलका गरि ४१ खेलाडी र ६ जना कोच गरि ४७ जना बिहिबार पोखरामा आएका हुन ।
पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पाृेखराका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा रंगशालामा खेल भईरहँदा सबैको नजर यहि हुने हुदाँ खेल प्रशिक्षकहरुलाई समय तालिका अनुसार नै खेल प्रशिक्षण गराउन निर्देशन दिएका छन । उक्त कार्यक्रमको संचालन डिबी नेपाली गरेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान