ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतकाे शवयात्रा शुरु भएको छ ।
सुजनकाे शव काठमाण्डाैबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्याई सुजनकाे शवयात्रा शुरु भएकाे हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता छ । सुजनकाे हिन्दू परम्पराअनुसार श्रीस्थानमा काजकिरिया गर्ने परिवारजनले बताएका छन् ।
हिजाे साेमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे