काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ ।विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरमा अाज बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले बताएका छन् ।आगलागीबाट करिब २६ लाखको क्षति भएको अनुमान गरिएको छ ।
दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे